११ असार २०८३, बिहीबार

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण

माघ १०, २०७८
नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । 

३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र बाँकी ४ जनामा डेल्टा भेरियँछ देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको नमूना परीक्षणमा दुवै प्रकारको भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

‘पछिल्लो समय एस जिन पोजिटिभ भए पनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्