२७ जेठ २०८३, बुधबार

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो ।

गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक रु दश हजारका दरले रु ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान गरेको हो ।

जीप दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए । त्यसबेला किरिया खर्च बापत प्रति मृतक रु ५० हजार प्रदान गरिएको थियो भने बाँकी जनही रु चार लाख ५० हजार २५ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्