२५ जेठ २०८३, सोमबार

खाल्डोमा परेर मर्‍यो गैंडा

माघ १०, २०७८
खाल्डोमा परेर मर्‍यो गैंडा
फाइल तस्वीर

चितवनमा  ढल  निर्माण  गर्न  खनेको  खाल्डो नपुर्दा  ढलसँगैको  खाल्डोमा  खसेर  पोथी  गैँडा  मरेको  छ ।  

भरतपुर महानगरपालिकको  गोन्द्राङ  सडक  खण्डमा  छ  लेनको  सडक  निर्माण भइरहेको ढलको खाल्डोमा परेर गैँडा मरेको हो ।

ढल निर्माण भइसक्दासमेत खाल्डो नपुरेका कारण खाल्डोमा परेर आइतबार गैँडा मरेको थियो ।

राति    गैँडा  ढलसँगैको  खाल्डोमा  परेको  जानकारी  दिँदै  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मरेको गैँडा पोथी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्