२५ जेठ २०८३, सोमबार

यसपालि आएन ‘लोभीपापी’ गरुड

माघ १०, २०७८
यसपालि आएन ‘लोभीपापी’ गरुड
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन । 

विश्वकै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो । 

लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो । 

५ वर्षदेखि यस क्षेत्रमा जलपंक्षी गणना गर्दै आएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपन्क्षी गणनाका क्रममा लोभीपापी गरुड देखिएन । 

लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पन्छी हो ।

खनालका अनुसार यो वर्ष कालो गरुढा एउटा मात्र भेटिएको थियो । गोरखापत्र दैनिकमा गोकर्ण पौडेलले खबर लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्