
बलिउड तथा हलिउड चलचित्रकी नायिका प्रियङ्का चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् ।
चोपडा र उनका श्रीमान् निक जोनसले आफूहरू आमाबुबा बनेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् ।
'हामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौँ । यो विशेष समयमा हामी आफ्नो परिवारमा केन्द्रित छौँ’, चोपडाले लेखेकी छन् ।
नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् ।
प्रियङ्काले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन् ।
भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार समयअगावै जन्मिएकाले उनीहरूको बच्चालाई अस्पतालमै राखिएको छ ।
त्यस्तै उनीहरूको सन्तान छोरी भएको बताइएको छ । साउदर्न क्यालिफोर्निया अस्पतालमा जन्म भएको शिशु स्वस्थ नहुन्जेल अस्पतालमै र हने समाचार एजेन्सीले जनाइएको छ ।
उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले उल्लेख गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।