कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ५ का वडाध्यक्ष नरेश बलमे आफ्नो मतदाताका लागि एम्बुलेन्स खरिद गरी सञ्चालन गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवासुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर दुर्गमका मतदातालाई र बिरामीका लागि उपहार भन्दै कर्णाली सेवा समाजमार्फत सञ्चालन गरेका हुन् ।
गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो कार्यकालको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेको वडाध्यक्ष बमले बताए । गोरखापत्र दैनिकमा खबर छ ।