०७ असार २०८३, आइतबार

फरक क्षमता भएका व्यक्तिलाई पुरानो बसपार्कमा गाडी चढ्ने र ओर्लने सुविधा

फरक क्षमता भएका व्यक्तिलाई पुरानो बसपार्कमा गाडी चढ्ने र ओर्लने सुविधा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सो व्यवस्था सोमवारदेखि शुरू गरिएको हो ।

महाशाखाले उक्त पुरानो बसपार्कमा 'फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ' लेखिएको बोर्ड पनि राखेको छ ।

एसएसपी जोशीले भने, 'फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं ।' 

ट्राफिक महाशाखाले सार्वजनिक सवारीसाधनका चालक सह-चालक तथा यात्रुहरूलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्