बैशाख २९, २०७९
सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रम...
स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो ।
बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए ।
घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । यता खेलभर रक्षात्मक रणनीति अपनाएको अलाभेस अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।
इन्जुरी समयमा जोस मेनडिलीबार सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि अलाभेसले १० खेलाडीमा खेल सकेको थियो । बार्सिलोनाका पेड्री ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएको छ । पराजित अलाभेस १७ अंक सहित १९औं स्थानमा छ ।
यसै गरी अर्को खेलमा शीर्ष टोली रियलले दुई गोलले पछि परेर पनि बराबरी गोल फर्कायो । प्रतिस्पर्धात्मक खेलमा इल्चेका लुकास बोयले ४२औं र पेरे मिल्लाले ७६औं मिनेटमा गोल गरेका थिए । यसअघि ३३औं मिनेटमा रियलका कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले दबाब झेलेको थियो ।
अलाभेसको दुई गोलपछि जोसिएको रियलले ८२औं मिनेटमा पहिलो गोल फर्कायो । लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए । ६५ प्रतिशत बल पोसेसन राखेपनि रियललाई खेलमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो ।
रियलका इडर मिलिटाओ ‘म्यान अफ दिन म्याच’ भए । बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले २२ खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ अंक छ । रियललाई रोकेको इल्चे २३ अंक सहित १५औं स्थानमा छ ।
आइतवार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले रायो भालेकानोलाई १–० र ओसासुनाले ग्रानाडालाई २–० गोलले पराजित गरेको छ । रियल सोसिडाड र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रम...
भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ गोकर्ण गल्फ क्लबमा मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा ब...
इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ । चेल्सीले बुधवार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३६ खेलमा ७० अंक जोडेको छ । चेल्सी तेस्रो स्थ...
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले जीत निकालेको छ । बिहीवार राति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङसलाई ५ विकेटले हराएको हो । चेन्नईले दिएको ९८ रनको लक्ष्...
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...