०५ साउन २०८३, मंगलबार

अबु धाबीमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई बीचैमा रोकेको यूएईको दाबी

माघ १०, २०७८
अबु धाबीमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई बीचैमा रोकेको यूएईको दाबी

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ । 

यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले यूएई र साउदी अरबलाई तारो बनाएर आक्रमण गरेको बताए । उनले यसको विस्तृत विवरण दिएनन् । 

गत साता पनि अबु धाबीमा आक्रमण गरिएको थियो । त्यस आक्रमणमा परी तीनजनाको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए । यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्ध लम्बिँदै जाँदा पर्सियाली खाडीमा तनाव बढेको छ ।

इरानले समर्थन गरेको हूती विद्रोहीहरूका विरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले युद्ध गरिरहेको छ । यूएई पनि गठबन्धनको सदस्य छ । त्यसको बाछिटा अब खाडीमा पनि पर्न थालेको छ । 

यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले क्षेप्यास्त्रका टुक्राहरू अबु धाबीमा खसेको र कसैलाई क्षति नगरेको खबर दियो ।

क्षेप्यास्त्र विस्फोट भएपछि अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिकमा एक घन्टा बाधा पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्