
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आज सोमवार भएकाले मन्त्रिपरिषदको नियमित बैठक भएको बताइएको छ ।
हरेक साताको सोमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।
बैठकमा मन्त्रालयबाट आउने नियमित प्रस्तावमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।