२५ जेठ २०८३, सोमबार

शेयर बजारमा सय अंकको पहिरो

शेयर बजारमा सय अंकको पहिरो

शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ ।

साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् ।

सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो ।

सोमबार जम्मा २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटक कारोवार भएको छ । यस्तो कारोबारमा १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ । यसबाट कुल ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । 

आइतबार भएको यस्तो कारोबारमा सबैभन्दा बढी कमाउनेमा विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरमा भने पोजिटिभ सर्किट लागेको छ । यी दुई कम्पनीका लगानीकर्ताले कमाउँदा अरू धेरै लगानीकर्ताले गुमाएका छन् ।

ज्योति लाइफ सहितका केही कम्पनीका लगानीकर्ताले कमाएका छन् । सोमबार सबैभन्दा बढी गुमाउनेमा भने एपी पावर कम्पनी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावरसहित छन् । सोमबार सबै समूह राताम्मे रहे । 

salt training

कमेन्ट गर्नुहोस्