२५ जेठ २०८३, सोमबार

दाङका दुइवटै उपमहानगरमा एमालेको अग्रता

कात्तिक २०, २०७४
दाङका दुइवटै उपमहानगरमा एमालेको अग्रता

काठमाडौं, १६ असार –दाङका दुईवटा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार, जिल्लाका घोराही र तुलसीपुर उपमहानगरमा एमालेले अग्रता कायम गरेको हो ।

ताजा मतपरिणाम अनुसार, घोराही उपमहानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार नरुलाल चौधरीले २ हजार ३ सय २ मतका साथ अगाडि देखिएका छन् । उक्त उपमहानगरमा नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १ हजार ५ सय ७१ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले ९ सय ७६ मत ल्याएका छन् ।

त्यस्तै, जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले २ हजार ४ सय ७३ मत ल्याएका छन् । । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २ हजार १९ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ४ सय १५ मत ल्याएका छन्

salt training

कमेन्ट गर्नुहोस्