०३ साउन २०८३, आइतबार

हिमालयन एयरको कार्गो जहाज चढेर नेपाल फर्कंदै वर्षमान पुन

हिमालयन एयरको कार्गो जहाज चढेर नेपाल फर्कंदै वर्षमान पुन

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्। 

विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन् ।

जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका छ ।

उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो । चीनबाट सामान लिन गएको कार्गो जहाजमा नेता पुन आउने त्रिभुवन विमानस्थलले समेत पुष्टि गरेको छ । 

यसअघि बैंककमा उपचार गरिएको थियो । बैंकक छँदा बिलरुविनको मात्रा २२ थियो । बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार शुरू गरिएको थियो । 

नेता पुन विमान चार्टर गरेर नेपाल फर्किन थालेको भनेर केही सञ्चारमाध्याममा आएको समाचारलाई भ्रामक तथा खेदजनक भन्दै  पुनको सचिवालयले खण्डन गरेको छ। 

विमानस्थलको आजको तालिका हेर्दा चीनबाट नेपाल आउने कुनै पनि जहाज चार्टर गरिएको छैन । विमानस्थल स्रोतका अनुसार सोमवार प्याक्स चार्टर काठमाडौंबाट साउदीको दमाम जाने मात्र छ ।

salt training

कमेन्ट गर्नुहोस्