२६ जेठ २०८३, मंगलबार

राष्ट्रियसभा चुनावमा फरार सांसदलाई मतदान गराउने तयारी, गृहमन्त्रीको यस्तो निर्देशन

माघ १०, २०७८
राष्ट्रियसभा चुनावमा फरार सांसदलाई मतदान गराउने तयारी, गृहमन्त्रीको यस्तो निर्देशन

कीर्ते कागजात मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुनलाई आसन्न राष्ट्रियसभा चुनावमा मतदान गराउने तयारी भएको छ ।

माघ १२ गते विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा चुनाव हुँदैछ । एमाले निकट स्रोतका अनुसार खातुनलाई मतदानस्थलसम्म सुरक्षित रूपमा ल्याउने जिम्मा पूर्व मुख्यमन्त्री शेरधन राई, संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेश सासद तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने र प्रदेश इन्चार्ज देवराज घिमिरेलाई दिइएको छ ।

प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले खातुन मतदाता भएकाले मतदानमा सहभागी हुने अधिकार भएकाले मतदानमा आउनसक्ने बताए ।

मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्व. शेख धाइका मियाँको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको ३ बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत कीर्ते गरेर गाविसको सिफारिस कागज बनाएको मुद्दामा अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला अदालतले २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि खातुनले २०७४ भदौ १९ गते उच्च अदालत विराटनगरमा जाहेरी दिएकी थिइन् ।

उच्चले खातुनसहित ३ जनाको हकमा कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

यता, मोरङ प्रहरीले खातुन आउने सूचना पाएपछि प्रहरी परिचालन गरेको छ । खातुनका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । 

दोषी ठहर भएपछि खातुन प्रदेश सभामा आएकी थिइन् । संसदमा आउँदा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन ।

गृहमन्त्री बालकृष्ण खाँणले फरार सूचीमा रहेकी खानुत आउने भएकाले विशेष ध्यान दिन मोरङ प्रहरीलाई टेलिफोनमार्फत निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्