जेठ ७, २०७९
तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् । एमालेसँग तालमेल गर...
विराटनगर | माघ १०, २०७८
कीर्ते कागजात मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुनलाई आसन्न राष्ट्रियसभा चुनावमा मतदान गराउने तयारी भएको छ ।
माघ १२ गते विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा चुनाव हुँदैछ । एमाले निकट स्रोतका अनुसार खातुनलाई मतदानस्थलसम्म सुरक्षित रूपमा ल्याउने जिम्मा पूर्व मुख्यमन्त्री शेरधन राई, संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेश सासद तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने र प्रदेश इन्चार्ज देवराज घिमिरेलाई दिइएको छ ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले खातुन मतदाता भएकाले मतदानमा सहभागी हुने अधिकार भएकाले मतदानमा आउनसक्ने बताए ।
मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्व. शेख धाइका मियाँको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको ३ बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत कीर्ते गरेर गाविसको सिफारिस कागज बनाएको मुद्दामा अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला अदालतले २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि खातुनले २०७४ भदौ १९ गते उच्च अदालत विराटनगरमा जाहेरी दिएकी थिइन् ।
उच्चले खातुनसहित ३ जनाको हकमा कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
यता, मोरङ प्रहरीले खातुन आउने सूचना पाएपछि प्रहरी परिचालन गरेको छ । खातुनका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।
दोषी ठहर भएपछि खातुन प्रदेश सभामा आएकी थिइन् । संसदमा आउँदा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन ।
गृहमन्त्री बालकृष्ण खाँणले फरार सूचीमा रहेकी खानुत आउने भएकाले विशेष ध्यान दिन मोरङ प्रहरीलाई टेलिफोनमार्फत निर्देशन दिएका छन् ।
तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् । एमालेसँग तालमेल गर...
स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ का...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् । उनका निकटतम प्रत...
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...
काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् । काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...
तनहुँको व्यास नगरपालिकाको मतगणना जारी रहँदा मेयरका उम्मेदवार काँग्रेसका बैकुण्ठ न्यौपाने २०४ मतको अग्रता बनाएका छन् । शनिबार राति साढे ९ बजेको अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई उ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...