
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार पश्चात सोमबार स्वदेश फिर्ता भएका छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा उनले करिब ४ महिना उपचार गराएका थिए। उनले आफू स्वस्थ भएर फर्किएको विमानस्थलमा प्रतिक्रिया दिए ।
उनको स्वागतका लागि नेता नारायणकाजी श्रेष्ठ लगायत विमानस्थल पुगेका थिए ।