०५ साउन २०८३, मंगलबार

मलाई उपचार गर्न चीन लगेको थाहा थिएनः वर्षमान पुन

मलाई उपचार गर्न चीन लगेको थाहा थिएनः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूलाई उपचारका लागि चीन लगेकोपछि मात्रै थाहा भएको बताएका छन् । ‘असोजको दोस्रो हप्तातिर मेरो स्वास्थ्यमा बंशाणुगत जन्डिससम्बन्धी पुरानै समस्या आएपछि बैंकक गएको थिएँ । सामान्य जस्तो लागेको थियो तर समस्या जटिल हुँदै गयो । करिब दुई महिना बैंकक बस्दा खासै प्रगति भएन’, चीनमा उपचार गराएर स्वदेश फर्किएपछि  सोमबार विमानस्थलमा प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसपछि पार्टी अध्यक्ष, पार्टीले उपचारका लागि त्यहाँबाट चीन लैजाने निर्णय गर्नुभएछ । त्यतिखेर मलाई धेरै कुराहरु जानकारी हुने अवस्था पनि थिएन । एक हप्ता उपचार भएपछि बल्ल म चीनमा रहेछु भनेर थाहा पाउने अवस्था भयो । त्यति धेरै स्वास्थ्यमा गम्भीर अवस्था थियो ।’

अहिले स्वास्थ्यमा सुधार भएर आफू नेपाल फर्किएको उनले बताए । उनले यो बीचमा आफूले पार्टीको महत्वपूर्ण कार्यक्रम आठौं राष्ट्रिय महाधिवेशन छुटाउनु पर्दा दुःख लागेको पनि पुनले बताए । उनले आफू महासचिवको दाबेदार भएको पनि बताए। यसअघि नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको उनको भनाइ छ । यद्यपी सहमतिमा पदाधिकारी चयन हुनेमा उनले विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्