२३ जेठ २०८३, शनिबार

खाडी र मलेसियाको 'भिजिट भिसा' भ्रमण खुकुलो

माघ ११, २०७८
खाडी र मलेसियाको 'भिजिट भिसा' भ्रमण खुकुलो

गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा  जान  रोक  लगाउने  माघ  ७  गतेको निर्णयमा केही खुकुलो बनाएको छ ।

​ खाडी   र   मलेसियाबाहेक   कम्तीमा अन्य  दुई  मुलुकमा  पर्यटकका  रूपमा  भ्रमण गरिसकेका  व्यक्तिले  मात्रै  अब  खाडी  राष्ट्र  र मलेसिया  भ्रमण  भिसामा  जान  पाउनेछन् ।

 सो मन्त्रालयका  प्रवक्ता  फणीन्द्रमणि  पोखरेलले जारी  गरेको विज्ञप्तिमा  नेपाली  दूतावासको सिफारिस  पत्र  परराष्ट्र  मन्त्रालयलाई  प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने  तीन  पुस्ताभित्रका  परिवारका  सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्