२५ असार २०८३, बिहीबार

फेरि चर्चामा आइन् कट्रिना, कारण यस्तो

माघ ११, २०७८
फेरि चर्चामा आइन् कट्रिना, कारण यस्तो

सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ । 

विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् ।

नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महँगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन् । 

महँगो लुगाकै कारण उनी फेरि पनि चर्चाकी विषय बनेकी छन् । 

हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा  देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय बनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामान्य देखिने कट्रिनाले लगाएको गुचीको उक्त हुडीको मूल्य ८० हजार भारतीय रुपैयाँ रहेको छ ।

कट्रिना छिट्टै टाइगर २ मा सलमान खानको साथमा देखिँदै छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्