०६ असार २०८३, शनिबार

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानलै विजयी

कात्तिक २०, २०७४
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानलै विजयी

ताप्लेजुङ, १६ असार -मैवाखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर लिम्बुले एक हजार २ सय १९ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९ सय ५१ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गरिन् ।


उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्