नेपालगञ्ज उपमहानगरपालिका २२ किंगरियन परिवारकी यास्मिन बानोको दिनचर्या आजकल फेरिएको छ ।
अघिपछिका दिनमा घरमै बसेर बालबच्चा हेर्ने र चुलो चौको गरेर दिन बिताउने उनी आजकल साढे ३ वर्ष, डेढ वर्ष र ६ महिनाका तीनवटा बच्चा काखमा च्यापेर साक्षरता कक्षामा साक्षर हुन आउने गरेकी छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले आगामी फागुन मसान्तभित्र साक्षर नेपालगञ्ज घोषणा गर्ने अभियान सञ्चालन गरेपछि गत पुस महीनादेखि उनी साक्षरता कक्षामा सहभागी हुँदै आएकी छन् ।
विपन्न र सीमान्तकृत समुदायकी यास्मिन आफू साक्षर नभए उपमहानगरले दिने सामाजिक सुरक्षाभत्ता कटौती गर्ने साथै अन्य सेवा सुविधा पनि रोकिदिन्छ भन्ने सुनेर साक्षरता कक्षामा सहभागी भएको बताउँछिन् । राजधानी दैनिकमा रुद्र सुवेदीले खबर लेखेका छन् ।