×

NMB BANK
NIC ASIA

चोरी–तस्करी बढ्यो, राजस्व सङ्कलन प्रभावित

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

खुला सीमानाकाबाट चोरी–तस्करी  बढेपछि केलालीको सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो ।

Muktinath Bank

भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए ।  “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ ।” उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको  बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले पुसमा रु एक करोड ७७ लाख  ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ । भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । असोजामा रु एक करोड ६५ लाख ५० हजार, कात्तिकमा रु एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा रु एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा रु एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा रु एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा रु एक करोड १० लाख ९६ हजार १९४ राजस्व सङ्कलन गरेको छ ।  प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ ।


Advertisment
Nabil box
Kumari

चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख शाह बताउँनुहुन्छ । उहाँका अनुसार साउनमा रु एक करोड ७२ लाख २० हजार ८८५ र भदौमा रु एक करोड ९० लाख नौ हजार ७३४ राजस्व सङ्कलन भएको थियो । साउन र भदौमा रु एक करोड २२ लाख ५४ हजार र एक करोड ६५ लाख ९७ हजार राजस्व सङ्कलनको लक्ष्य थियो । रु २० करोड ५८ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा रु सात करोड ७२ लाख ६९ हजार ६८७ मात्रै सङ्कलन गरेको कार्यालय प्रमुख शाहले बताए ।

Vianet communication
Laxmi Bank

उनले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x