
पाल्पामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।