२२ जेठ २०८३, शुक्रबार

उत्तर प्रदेश चुनावको मुखैमा कांग्रेसलाई धक्का, यी प्रभावशाली नेताले दिए राजीनामा

माघ ११, २०७८
उत्तर प्रदेश चुनावको मुखैमा कांग्रेसलाई धक्का, यी प्रभावशाली नेताले दिए राजीनामा

भारतको उत्तर प्रदेश राज्यमा हुन गइरहेको विधानसभा चुनावको मुखैमा भारतीय कांग्रेस पार्टीलाई धक्का लागेको छ ।

भारतीय कांग्रेसका प्रभावशाली नेता आरपीएन सिंहले पार्टीबाट राजीनामा दिएका छन् ।

सिंह मंगलवार दिउँसो भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने चर्चा भारतीय सञ्चारमाध्यममा छ । भाजपाले सिंहलाई स्वामी प्रसाद मौर्यविरुद्ध कुशीनगर क्षेत्रको पडरौना विधानसभा सीटबाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

सिंहले आफ्नो ट्विटर ह्यान्डलबाट कांग्रेससँग सम्बन्धित पदको जानकारी हटाएका छन् । यससँगै उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई राजीनामापत्र पठाएका छन् ।

सिंहले ट्वीट गरेका छन्, ‘आज पूरै देश गणतन्त्र दिवसको उत्सव मनाउँदैछ, म आफ्नो राजनीतिक जीवनको नयाँ अध्याय आरम्भ गर्दैछु । जय हिन्द !’

salt training

कमेन्ट गर्नुहोस्