०५ साउन २०८३, मंगलबार

कोभिड संक्रमणपछि एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ? पार्टीबाट आधिकारिक जानकारी

कोभिड संक्रमणपछि एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ? पार्टीबाट आधिकारिक जानकारी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमित भई अध्यक्ष ओली ४ दिनदेखि भक्तपुरस्थित आफ्नै निवासमा आराम गरिरहेका जनाएका छन् ।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्ष कमरेडको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्