२३ जेठ २०८३, शनिबार

कोरोनाविरुद्धको खोप लगाउन माघ १५ बाट खुल्ने भए बन्द रहेका विद्यालय

कोरोनाविरुद्धको खोप लगाउन माघ १५ बाट खुल्ने भए बन्द रहेका विद्यालय

शिक्षा मन्त्रालयले माघ १५ देखि २० गतेसम्म विद्यालय खोलेर खोप अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । 

स्थानीय तहको समन्वयमा स्वास्थ्य चौकीसँग सम्पर्क गरेर विद्यार्थीहरूलाई खोप लगाउन मन्त्रालयले भनेको छ । 

मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको विवरण अध्यावधिक गर्न पनि देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । 

नामनामेसी (नाम, थर, वतनलगायत)सहितको विवरण अध्यावधिक गर्न र खोप लगाउन बाँकी विद्यार्थीहरूले खोप लगाएको सुनिश्चित गर्न मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ । 

संक्रमणका कारण माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द छन् । 

salt training

कमेन्ट गर्नुहोस्