०८ साउन २०८३, शुक्रबार
बढ्दै कोरोना संक्रमण

एकैदिन थपिए १२ हजार संक्रमित, ८ जनाको मृत्यु

एकैदिन थपिए १२ हजार संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ नमूना परीक्षणमध्ये ९४३२ पीसीआर र २५७६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६६७ छ । 

मन्त्रालयका अनुसार थप ३०४० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । 

हाल मुलुकभर ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्