०६ असार २०८३, शनिबार

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । 

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले मंगलवार सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण सीटीईभीटी अन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सीटीईभीटीको मंगलवार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना भाइरस संक्रमण हुनसक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

सीटीईभीटीले माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनीयरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

परिस्थिति सहज हुनासाथ १ हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सीटीईभीटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्