रुकुम १६ असार - रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादी विजयी भएको छ ।

गाउँपालिका प्रमुखमा माओवादीका रामसुर बुढा ३ हजार ४ सय ८२ मत प्राप्त गरेर विजयी भएका हुन् । कांग्रेस उम्मेदवारले १ हजार ७ सय ६४ र एमाले उम्मेदवारले ४ सय ४२ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि माओवादी कै उम्मेदवार मनकुमारी बुढा विजयी हुनुभएकी छिन् । उनले ३ हजार ४ सय ९४ मत प्राप्त गरेकी छिन् ।