
काठमाडौं, २१ मंसिर — तमिलनाडुकी मुख्यमन्त्री जयललिताले लामो संघर्षपछि मृत्युवरण गरिन् । न हुत पाँच वर्षअघि पनि जयललिताको ज्यानमाथि खतरा छाएको थियो ।

कुनै दुश्मन वा बिमारीको कारण उनको ज्यान संकटमा परेको थिएन त्यतिबेला । उनको एकदमै मिल्ने साथीले ज्यान लिन खोजेकी थिइन् । तर जयललिताले उनलाई माफ गरिदिइन् ।
आफ्नो पति नटराजनलाई मुख्यमन्त्री बनाउनका लागि शशिकलाले स्लो पोइजन दिएर जयललितालाई मार्न खोजेको आरोप लगाइएको थियो ।
यो षड्यन्त्र बेंगलुरुको एक होटेलमा भएको मानिन्छ । यसको खुलासा भएपछि जयललिताले शशिकला र उनको परिवारलाई पार्टीबाट निकालिदिएकी थिइन् । सन् २०११ मा भएको यो घटनाको सय दिनमै शशिकलाले माफी मागेपछि जयललिताले उनलाई फेरि साथी बनाइन् ।
शशिकलाले जयललिताको नजिक हुनका लागि कैयौं हतकन्डा अपनाइन् । जयललितालाई कहिले के चाहिन्छ, उनी के पहिरिन्छिन्, यो सबै कुरामा शशिकलाले ध्यान दिन्थिन् ।
तमिलनाडुको सानो गाउँबाट आएकी शशिकलाले आरामको जिन्दगी जिउने सपना बोकेर चेन्नई पुगेकी शशिकलालाई राजनीतिक वृत्तमा माफिया भनेर पनि बोलाइन्थ्यो ।
दैनिक भास्कर