२३ असार २०८३, मंगलबार

सोलुखुम्बुका २ गाउँपालिकामा माओवादी केन्द्र विजयी

कात्तिक २०, २०७४
सोलुखुम्बुका २ गाउँपालिकामा माओवादी केन्द्र विजयी

सल्लेरी, सोलुखुम्बु, १६ असार -लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा एमालेका पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गर्नुभयोे ।

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ८२८ तथा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गरे ।

पाँचवटा वडा रहेको सो गाउँपालिका कांग्रेस र माओवादी केन्द्रले दुई÷दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती एक हजार ४०३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भलाकाजी कुलुङले एक हजार ३८३ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी विपना कुलुङ विजयी भईन ।

salt training

कमेन्ट गर्नुहोस्