०६ असार २०८३, शनिबार

एक नम्बर प्रदेशको गणित : एमाले पहिलो, कांग्रेस र माओवादी बराबर

कात्तिक २०, २०७४
एक नम्बर प्रदेशको गणित : एमाले पहिलो, कांग्रेस र माओवादी बराबर
काठमाडौं, १६ असार– दोस्रो चरणको स्थानीय तहको मतगणना जारी छ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ का ३सय ३४ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले १५ स्थानमा जीत हात पार्दा कांग्रेसले ११ स्थानीय तहमा जित निकालेको छ ।

प्रदेश नम्बर १ का १४ जिल्लामा मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रदेश नम्बर १ का ५ स्थानीय तहमा एमालेले जित्दै पहिलो स्थानमा रहेको छ ।  नेपाली कांग्रेसले २ स्थानीय तहमा जीत निकालेको छ । त्यस्तै माओवादी केन्द्रले पनि दुई स्थानीय तहमा जित निकालेको छ ।

प्रदेश नम्बर एकमा एमालेले जितेको स्थानीय तह यी हुन्

मैयाखोला गाउँपालिका–ताप्लेजुङ
रामप्रसाद राई गाउँपालिका –भोजपुर
ताप्ली गाउँपालिका –उदयपुर
जन्तेढुंगा गाउँपालिका –खोटाङ
खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका –धनकुटा

कांग्रेसले जितेको स्थानीय तह

चिचिला गाउँपालिका –संखुवासभा
सिलिचोङ गाउँपालिका –संखुवासभा

माओवादी केन्द्रले जितेको स्थानीय तह

लिखु पिके गाउँपालिका –सोलुखुम्बु
महाकुलुङ गाउँपालिका –सोलुखुम्बु

कमेन्ट गर्नुहोस्