
काठमाडौं, १६ असार– दोस्रो चरणको स्थानीय तहको मतगणना जारी छ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ का ३सय ३४ स्थानीय तहमा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले १५ स्थानमा जीत हात पार्दा कांग्रेसले ११ स्थानीय तहमा जित निकालेको छ ।
प्रदेश नम्बर ७ का ९ जिल्लामा मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रदेश नम्बर ७ मा एमाले ८ स्थानीय तहमा जीत हात पारेको छ ।
नेपाली कांग्रेसले पनि ८ स्थानीय तहमा जित हात पारेको छ । भने माओवादी केन्द्रले एक स्थानीय तहमा जित हात पारेको छ ।
एमालेले जितेको स्थानीय तहलेकम गाउँपालिका–दार्चुला
मष्टा गाउँपालिका- बझाङ
वित्थङचिर गाउँपालिका -बझाङ
थलारा गाउँपालिका -बझाङ
दुर्गाथली गा.पा. बझाङ
पाण्डव गुफा गाउँपालिका- बाजुरा
गौमुल गाउँपालिका -बाजुरा
अमरगढी नगरपालिका -डडेल्धुरा
पञ्चेश्वर गाउँपालिका -बैतडी
नेपाली कांग्रेसले जितेको स्थानीय तहमहाकाली नगरपालिका–दार्चुला
काडाँ गाउँपालिका- बझाङ
बडिमालिका नगरपालिका -बाजुरा
छेडदह गाउँपालिका -बाजुरा
के आइ सिं गाउँपालिका -डोटी
आलिताल गाँउपालिका -डडेल्धुरा
भागेश्वर गाउँपालिका -डडेल्धुरा
गन्यापधुरा गाउँपालिका -डडेल्धुरा
माओवादी केन्द्रले जितेको स्थानीय तह
अजयमेरु गाउँपालिका–डडेल्धुरा