१२ असार २०८३, शुक्रबार

माओवादीका यी उम्मेद्वार, जो श्रीमतीको एक भोटले अध्यक्षमा विजयी भए

कात्तिक २०, २०७४
माओवादीका यी उम्मेद्वार, जो श्रीमतीको एक भोटले अध्यक्षमा विजयी भए

धनकुटा, १६ असार–  आफ्नो सहोदर दाई र आफ्नै श्रीमान् फरक पार्टीबाट एकै पदमा चुनाव लडेपछि मतदाता महिलालाई कस्तो तनाव होला ? पक्कै पनि तनाव त हुन्छ नै ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा उठेका एमाले उम्मेदवार इन्द्रबहादुर सारुमगर र माओवादी उम्मेदवार कृष्णकुमार मगरको यस्तै अवस्था रह्यो । नाताले दुवै जना ज्वाइँ–जेठान हुन् । र अन्त्यमा ज्वाई कृष्णकुमार मगरले चुनाव जिते त्यो पनि एक मतले मात्रै ।

यदि उनकी श्रीमतीले आफ्ना दाईलाई भोट हालेकी भए कृष्णकुमार हार्ने थिए । तर उनी श्रीमतीको एक भोटले विजयी भएका छन् ।

विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्