काठमाडौं १६ असार– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । फाइल फोटो : प्रचण्ड निवास
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा सरकार सञ्चालन र मन्त्रिपरिषद बिस्तार लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
शुक्रबारको छलफलमा प्रधानमन्त्री र अध्यक्ष बीच थप गृहकार्य गरेर छिटै मन्त्री परिषद बिस्तार गर्ने र सरकार सञ्चालन एवं दुई पार्टीबीचको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो । देउवा प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक बालुवाटार पुगेका हुन् ।