०६ असार २०८३, शनिबार

कोरिया जाने नेपालीलाई फाइदा, ५ घण्टा काम गर्दा सवा लाख तलब

कात्तिक २०, २०७४
कोरिया जाने नेपालीलाई फाइदा, ५ घण्टा काम गर्दा सवा लाख तलब
काठमाडौं, १७ पुस — कोरियामा कार्यरत कामदारहरूको तलब बढेको छ ।

जनवरी १ देखि नै लागू हुने गरि कामदारहरूको तलब बढेको हो । त्यहाँको रोजगार तथा श्रम मन्त्रालयले कामदारको तलब ६ हजार ४ सय ७० वन कायम गरेको छ ।

सरकारले सबै उद्योग तथा कलकारखानालाई सरकारले कायम गरेको तलब कामदारलाई तलब दिन अनुरोध गरेको छ । यसभन्दा अघि कामदारको तलब प्रतिघण्टा ६ हजार ३० वन रहेको थियो ।

६ हजार ३० वन भनेको ५.३० डलर हो । हप्तामा ४० घण्टा काम गर्ने कामदारले अब १२ लाख ६० हजार २७० वनबाट बढेर १३ लाख ५२ हजार २३० वन पाउनेछन् । यो अनुसार हप्ताको चालिस घण्टा मात्रै काम गर्ने कामदारलेपनि न्युनतम काम गरे वापत एक लाख २१ हजार मासिक पारिश्रमीक पाउने छन् ।

अब दैनिक साढे पाँच घण्टा काम गर्ने कामदारले पनि मासिक सवालाख कमाउनेछन् । इपीएस प्रणाली मार्फ कोरिया पुग्ने नेपालीको संख्या ३० हजार नाघेको छ ।

salt training

कमेन्ट गर्नुहोस्