गुल्मी, १६ असार— गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार दोर्ण खत्री ३ हजार ५ सय मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिमलाल श्रेष्ठले ३२ सय ९४ मत ल्याए ।
उपप्रमुखमा भने एमालेकी राधिका अर्याल ३४६७ मतका साथ विजयी भइन् ।