२६ असार २०८३, शुक्रबार

बलिउड स्टारका लागि सन् २०१७ कस्तो रहला, ज्योतिषले के भन्छ ?

कात्तिक २०, २०७४
बलिउड स्टारका लागि सन् २०१७ कस्तो रहला, ज्योतिषले के भन्छ ?
काठमाडौं, १७ पुस — बलिउडका केही स्टारलाई सन् २०१७ फाप्ला कि नफाप्ला त ? यस विषयमा ज्योतिष तथा अंकशास्त्री गौरव मित्तलले भविष्यवाणी गरेका छन् । सलमान खान, शाहरुख खान, आमिर खान, प्रियंका चोपडा र ऐश्वर्या रायको कुण्डली यहाँ हेरिँदैछ ।


प्रियंका चोपडा

प्रियंका चोपडाका लागि यो वर्ष फाप्ने लक्षण छ । यो वर्ष उनको जीवनमा केही महत्वपूर्ण घटना हुनेछन् । वर्षको अन्त्यसम्ममा उनको विवाह पनि हुन सक्छ ।


सलमान खान

सलमान खानले यो वर्ष खुब दाम कमाउँछन् तर उनी अदालतको चक्करमा पर्न सक्छन् र बदनाम हुन सक्छन् । साउनदेखि मंसिरसम्मको कुनै समयमा उनी बिरामी हुन सक्छन् । यो वर्ष पनि उनको बिहे हुने छाँट छैन ।


शाहरुख खान

शाहरुखले यो वर्ष नयाँ होटेल, घर र गाडी किन्न सक्छन् । भदौसम्म रिलिज हुने उनका सबै फिल्म हिट हुनेछन् । तर भदौपछि भने उनी कि त दुर्घटनामा पर्छन् कि उनलाई वा उनी श्रीमती गौरीलाई ठूलो रोग लाग्न सक्छ । उनले वर्षभरि नीलो रंग लगाउनुपर्छ ।


आमिर खान

आमिरका भदौसम्म आउने सबै फिल्म हिट हुनेछन् । तर यो वर्ष उनको परिवारमा खटपट हुने सम्भावना देखिन्छ ।


ऐश्वर्या राय बच्चन

ऐश्वर्याको वैवाहिक सम्बन्धमा समस्या आएर उनी डिप्रेसनमा जान सक्छिन् । उनलाई स्वास्थ्यका अन्य समस्या पनि आउन सक्छ ।

दी इन्डियन एक्सप्रेस

salt training

कमेन्ट गर्नुहोस्