काठमाडौं, १७ असार– बुधबार प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । शनिबार बिहान ६ बजेसम्म ५९ स्थानीय तहको नतिजा आएको छ ।

मतपरिणाम अनुसार एमाले अग्रस्थानमा देखिएको छ भने कांग्रेस पछिपछि रहेको छ । यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
नतिजा अनुसार नेकपा एमाले २३, कांग्रेस २२, माओवादी केन्द्र १२, जनमोर्चा तथा संघीय समाजवादी फोरम समान १—१ स्थानमा विजयी भएका छन् ।
३३४ स्थानीय तहको लागि बुधबार प्रदेश नम्बर, १ ५ र ७ मा निर्वाचन भएको थियो ।