काठमाडौँ, १७ असार- राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरसँग अभिनेत्री निशा अधिकारीले दाम्पत्य सम्बन्ध गाँसेकी छन् । शुक्रबार दिउँसो उनीहरू दाम्पत्य जीवनमा बाँधिएका हुन् ।

काठमाडौंको पाँचतारे होटलमा यी दुईको विवाह सम्पन्न भएको हो । धेरै चलचित्र अभिनयका क्रममा बेहुली बने पनि वास्तविक जीवनमा शुक्रबार यी अभिनेत्री बेहुली बनेकी हुन् , राजधानीले खबर छापेको छ ।