
ओखलढुंगा, १७ असार– मतगणनामा बराबरी मत आएपछि ओखलढुंगाको एक वडामा गोला प्रथाबाट उम्मेदवार चयन भएका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा वडा नं ८ मा नेपाली कांग्रेस र एमालेका वडा अध्यक्षका उम्मेदवारले बराबर मत पाएका थिए ।
कांग्रेसका तर्फबाट उम्मेदवार रहेका हेमबहादुर तामाङ र एमालेका वुद्धिमान तामाङले बराबर ३ सय ४६ मत पाएपछि गोलाप्रथा गरिएको हो । गोलाप्रथा गर्दा वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार तामाङ भाग्यमानी सावित भए ।