
ओखलढुंगा, १७ असार– नेकपा एमालेको गढको रुपमा चिनिने ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ ।
एमालेको गढ भत्काउने क्रममा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका हुन् । उनले १९०६ मत पाउँदा एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याए ।
उपप्रमुखमा भने एमालेकी सुष्मा राई बिजयी भइन् ।
वडाहरुमा भने माओवादी केन्द्रले समाच तीन तीन जीत हात पारेका छन् । वडा नं. १, २, र ५ मा माओवादी केन्द्रले जित हात पार्दा एमालेले ६, ७ र ८ मा जित हात पारेको छ । त्यस्तै कांग्रेसले वडा नं. ३ र ४ मा जितेको छ ।