२५ असार २०८३, बिहीबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।

बुधवार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए । उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताए । 

‘हामीले पटक–पटक जनताको चुल्हो नबल्ने स्थितिमा गरिएको मूल्यवृद्धि खारेजको माग गर्दछौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लत्ताकपडा, खानेकुरा सबैमा मूल्यवृद्धि हुन्छ, त्यो काम नहोस्,’ उनले भने, ‘अविलम्ब पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गरियोस्, यदि फिर्ता गर्ने काम भएन भने नेपाली जनताले सडकमा ल्याएर कारवाही गर्ने दिन आउनेछ ।’

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्