२३ जेठ २०८३, शनिबार

बलिउडका ‘अन्धविश्वासी’ अभिनेता, फिल्मको कमाइ बढाउन यसो गर्छन्

कात्तिक २०, २०७४
 बलिउडका ‘अन्धविश्वासी’ अभिनेता, फिल्मको कमाइ बढाउन यसो गर्छन्


बलिउडका धेरै अभिनेताहरु आफ्नो फिल्मले बढीभन्दा बढी व्यापार गरोस् भनेर विभिन्न चालहरु चाल्ने गर्छन् । कतिपयले केही वैज्ञानिक तरिकाहरु पनि अपनाउने गर्छन् । फिल्मको प्रमोशनका लागि नयाँ नयाँ शैली अपनाउने गर्छन् ।

तर अभिनेता अक्षयर कुमार भने अरुको भन्दा अलग्गै उपाय अवलम्बन गर्छन् । अक्षयको फिल्म ‘ट्वाइलाइटः एक प्रेम कथा’ रिलिज हुने तयारीमा छ । तर मूख्य भूमिकामा रहेका अक्षय भने विदेशमा छन् ।

उनी निर्मातासँग रिसाएर विदेश हानिएका हैनन् । बरु उनको विदेश यात्राले फिल्मको विजनेश बढ्ने उनको विश्वास छ ।

बक्स अफिमा आफ्ना फिल्मको सफलताका लागि अक्षय सधैंजसो विदेश जाने गर्छन् । फिल्म रिलिज हुने मिति नजिकिएपछि अक्षयले विदेश यात्रा सुरु गर्छन् ।

विगत हेर्दा पनि अक्षय हरेक फिल्म रिलिज हुँदा विदेश यात्रामा रहेको देखिन्छ । उनको यो विश्वास छ कि विदेशको यात्रामा रह्यो भने उनी अभिनित फिल्म बक्स अफिसमा सफल हुन्छ ।

अक्षय पारिवारिक छुट्टी मनाउन अघिल्लो महिना युरोप भ्रमणमा निस्किएका थिए । अहिले उनी फ्रान्समा छुट्टी मनाइरहेका छन् ।

फ्रान्सबाट उनी लन्डन जानेछन्, जहाँ उनी आफ्नो आगामी फिल्म ‘गोल्ड’ को सुटिङ सुरु गर्ने छन्् । उनी जुलाईको अन्ततिर मात्रै मुम्बई फर्किने छन् ।

salt training

कमेन्ट गर्नुहोस्