बाजुरा, १७ असार– चुनावी प्रतिस्पर्धा सामान्य र लोकतान्त्रिक हो । तर कतिपय अवस्थामा चुनावी प्रतिस्पर्धा रोचक पन्नि बन्ने गरेको छ ।
दोस्रो चरणको स्थानीय निर्वाचनमा यस्तै एक रोचक प्रतिस्पर्धा भएको छ बाजुरामा ।
बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल आफ्नै शिक्षकलाई पराजि गर्दै वडाध्यक्ष निर्वाचित भएका छन् । उनले एमालेका दलबहादुर थापालाई पराजित गरेका हुन् ।
एमालेका उम्मेदवार थापा कांग्रेस उम्मेदवार रावलका शिक्षक हुन् । शिक्षक पदबाट राजीनामा दिएर थापा बडिमालिका ८ को अध्यक्षमा एमालेबाट उम्मेदवार बनेका थिए ।
तर थापालाई त्यही विद्यालयमा अध्ययन गरेर अहिले स्नातक पढ्दै गरेका २१ वर्षका प्रकाश रावलले पराजित गरेका छन् । विजयी भएपछि वडा अध्यक्षमा रावलले राजनीति रिटायर्डहरुले गर्ने नभई युवाहरुले गर्नुपर्ने बताएका छन् ।