२५ असार २०८३, बिहीबार

चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिने

चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिने
प्रतिकात्मक तस्वीर

चितवन जिल्लाका ३ पालिकामा बिहीवारदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ ।

राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम शुरू गर्न लागेको हो । 

आयोगले जग्गा नाप्नु पूर्व ३ पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधवार प्रशिक्षण दिएको थियो ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार भरतपुरका ६ वडा, कालिका र माडीका ३/३ वडाबाट काम शुरू गर्न लागिएको हो । शुरूआत गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । 

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउने गरी योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा लगत पठाउने छ ।

तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र ९ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्