३० जेठ २०८३, शनिबार

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

लमजुङको राइनास नगरपालिका–६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार नगरपालिका–५ तीनपिप्लेबाट वडा नम्बर ६ धमिलिकुवातर्फ आउँदै गरेको ग१त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्रयाक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्