२४ असार २०८३, बुधबार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
प्रतिकात्मक तस्वीर

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।

पहेंलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य बुधवार प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

बिहीवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १ हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्