०९ असार २०८३, मंगलबार

धूपीडाँडामा लेक लागेर १ जनाको मृत्यु

धूपीडाँडामा लेक लागेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पाँचथरमा लेक लागेर १ जनाको मृत्यु भएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर बिहीवार बिहान ३ बजे मृत्यु भएको हो ।

भाइ विक्रम मगरसँग बुधवार दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए ।

घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहीवार बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्