०२ असार २०८३, मंगलबार

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ ।

 यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै  भारतमा कोरोना सङ्क्रमणको कारण  मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।

यस अवधिमा ८७ हजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।  लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ । 

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने  गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना  निको भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्