बझाङ, १७ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस–एमालेबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । दुवै दलले १६ स्थानीय तहमा जित निकालेका छन् ।
सात नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र भने कमजोर देखिएको छ । माओवादीले ४ स्थानीय तहमा जित निकालेको छ ।
नेकपा एमाले१. अपिहिमाल गाउँपालिका–दार्चुला
२. लेकम गाउँपालिका–दार्चुला
३.मालिकार्जुन गाउँपालिका–दार्चुला
४.नौंगाड गाउँपालिका–दार्चुला
५.पञ्चेश्वर गाउँपालिका–बैतडी
६.अमरगढी नगरपालिका–डडेल्धुरा
७. नवदुर्गा गाउँपालिका–डडेल्धुरा
८. मष्टा गाउँपालिका–बझाङ
९. तलकोट गाउँपालिका–बझाङ
१०. वित्थडचिर गाउँपालिका–बझाङ
११. थलारा गाउँपालिका–बझाङ
१२. दुर्गाथली गाउँपालिका–बझाङ
१३.पूर्वीचौकी गाउँपालिका–डोटी
१४.पाण्डव गुफा गाउँपालिका–बाजुरा
१५.गौमुल गाउँपालिका–बाजुरा
१६.स्वमीकार्तीक गाउँपालिका–बाजुरा
नेपाली कांग्रेस१.शैल्यशिखर नगरपालिका–दार्चुला
२.महाकाली नगरपालिका–दार्चुला
३.दशरथचन्द नगरपालिका–बैतडी
४.सुर्नया गाउँपालिका–बैतडी
५.आलिताल गाउँपालिका–डडेल्धुरा
६.उभागेश्वर गाउँपालिका–डडेल्धुरा
७.गन्यापधुरा गाउँपालिका–डडेल्धुरा
८.काँडा गाउँपालिका–बझाङ
९.सूर्मा गाउँपालिका–बझाङ
१०.बंगल नगरपालिका–बझाङ
११.बडीकेदार गाउँपालिका–डोटी
१२.के.आई.सिं गाउँपालिका–डोटी
१३.बडिमालिका नगरपालिका–बाजुरा
१४.त्रिवेणी नगरपालिका–बाजुरा
१५.छेडदह गाउँपालिका–बाजुरा
१६.कमलबजार नगरपालिका–अछाम
माओवादी केन्द्र १.मार्मा गाउँपालिका–दार्चुला
२.अजयमेरु गाउँपालिका–डडेल्धुरा
३.लालझाडी गाउँपालिका–कञ्चनपुर
४.बोगटान गाउँपालिका–डोटी